दमक/ आईटीएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगीताका लागि प्रदेश १ बाट २४ जना खेलाडी छनौट भएका छन् ।

शनिवार र आईतबार दमकमा भएको प्रदेश स्तरीय छनौट प्रतिष्पर्धाबाट बिभिन्न तौल समुहबाट खेलाडी छनौट गरिएको हो । जसमा एकल प्रतिष्पार्धा ८ महिला र ८ पुरुष खेलाडी छनौट भए । यस्तै प्याटन तर्फ ५ पुरुष र ३ महिला खेलाडी छनौट भएको आईटीएफ तेक्वान्दो झापा अध्यक्ष नविन तामाङ्ले जानकारी दिए ।
प्रदेश सभा सदस्य अर्जुन राईको प्रमुख आतिथ्यमा खेलाडी छनौट कार्यक्रम गरिएको थियो । प्रतिष्पर्धामा झापा, मोरङ्, सुनसरी, धनकुटा, भोजपुर, पाँचथर, ईलाम र ताप्लेजुङ्का १ सय २८ जना खेलाडी सहभागी भएको जनाईएको छ । उनीहरु रामेछापमा हुने राष्ट्रिय प्रतिष्पर्धाका लागि छनौट भएका हुन् । मंशिर २८ देखि ३० गते सम्म रामेछापमा राष्ट्रिय प्रतिष्पर्धा हुने जनाईएको छ ।