दमक/ दमक तेक्वान्दो डोजाङले झापा जिल्लास्तरीय तेक्वान्दो डोजाङ प्रतियोगितामा ७ स्वर्णसहित कूल १९ पदक जित्दै प्रथम स्थान ओगटन सफल भएको छ ।
झापाको गौरीगञ्जमा शनिबार सम्पन्न प्रथम गौरीगञ्ज खुल्ला जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता –२०८२ मा दमक तेक्वान्दो डोजाङ प्रथम बन्न सफल भएको दमक तेक्वान्दो डोजाङका अध्यक्ष जितु धिमालले जानकारी दिए ।
डोजाङबाट २८ जना खेलाडी सहभागीहरूमध्ये विभिन्न वजन समूहमा ७ स्वर्ण पदक ,४ रजत र ८ काँस्य पदक जित्न सफल भएका हुन् ।
प्रतियोगितामा ३० केजी तौल समूहबाट मनिष राई,२६ केजीबाट प्रज्ञा तामाङ,४१ केजीबाट सुभम अधिकारी,४४ बाट रेसु धिमाल,४६ केजीबाट देन्सु योगी, पुम्से महिलातर्फ सेमिना राई र इक्सा मादेनले स्वर्ण पदक जितेका हुन् ।

यसैगरी रजत पदक प्राप्त गर्नेहरूमा २८ केजी समूहबाट संयोग थापा,२० केजीबाट डिम्पल बस्नेत ,४६ केजीबाट रन्जिता तामाङ र पुरुष पुन्सेतर्फ एसविन तुम्रोक र काँस्यपदकतर्फ २९ केजी तौल समूहकी साइनो दंगाल ,३५ केजीबाट चिनो दङ्गाल ,४४ केजीबाट परिस्ता राई, ५० केजीबाट निकिता तामाङ प्रतिक्षा तामाङ ,पुरुष ३५ केजीतर्फ आशिष धिमाल,४४ केजीबाट रेगम राई , ५६ केजीबाट इन्दीप धिमाल रहेका छन् ।
गौरीगञ्जस्थित गौरीप्राविमा भएको सो प्रतियोगितामा झापा जिल्लाका १६ वटा डोजाङका २३० खेलाडीहरुले भाग लिएका थिए । प्रतियोगिता गौरीगञ्ज तेक्वान्दो डोजाङ र शुभम तेक्वान्दो डोजाङले संयुक्त रुपमा आयोजना गरेको हो ।
दमक तेक्वान्दो डोजाङले दमकका ५ वटा सरकारी तथा निजी विद्यालयमा तेक्वान्दो खेलको प्रशिक्षण सञ्चालन गर्दे आएको छ ।