दमक/ झापाको दमक २ स्थित त्रिपुरेश्वर शिवालय मन्दिर , सामाजिक सेवा समितिको पाँचौं बार्षिक साधारण सभा र मन्दिर हस्तान्तरण कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
मन्दिरमा अवस्थित सेवा समितिको भवनमा आयोजित साधारण सभाकाबीच सो स्थानमा रहेको पुरानो त्रिपुरेश्वर शिवालय मन्दिरको जिर्णोद्धार गरि नयाँ संरचना निर्माण सम्पन्न गर्दै दाता परिवारले संस्थालाई सो मन्दिर हस्तान्तरण समेत गरेका छन् ।
दमक नगरपालिका वडा नं २ का वडाध्यक्ष प्रजापति सापकोटाको प्रमुख आतिथ्य र समाजसेवी तथा दाता बयोबृद्ध भवानी थापाको विशेष आतिथ्यमा आयोजित सो कार्यक्रमका सहभागीहरुलाई लक्षित गर्दै संस्थाको तर्फबाट सामुहिक स्वरमा मौलिक शब्द रचना मार्फत स्वागत गीत प्रस्तुत गरिएको थियो ।
संस्थाका अध्यक्ष भुपेन्द्र थापाको अध्यक्षतमा भएको उदघाटन कार्यक्रममा प्रमुख अतिथी वडाध्यक्ष सापकोटाले वडामा क्रियाशील सामाजिक संघ संस्थाहरु मध्ये त्रिपुरेश्वर उत्कृष्ट र सशक्त भुमिका निर्वाह गर्ने संस्थाको रुपमा रहेको उल्लेख गरे । सो अवसरमा वडा सदस्यद्धय ललित बिक र कृष्णमाया थापा , पूर्व वडाध्यक्ष पूर्णबहादुर विष्ट, टेकनाथ रेग्मी, पण्डीत चेतन आचार्य र दाता परिवारको तर्फबाट गुणराज थापाले पनि शुभकामना मन्तव्य राखेका थिए ।


साधारण सभाले पुन  भुपेन्द्र्र थापाको अध्यक्षतामा आगामी कार्यकालका लागि समितिको नेतृत्व पनि चयन गरेको छ ।
समितिको उपाध्यक्षद्धय खड्गनारायण गुरागाइँ र इन्दिरा रेग्मी, सचिवमा जगतबन्धु दाहाल, सहसचिवमा चेतन रेग्मी र कोषाध्यक्षमा सुकमाया जवेगु चुनिएका छन् । त्यसैगरी कार्यसमिति सदस्यहरुमा रोशनकुमार विष्ट, कृष्णलाल गुरगाइँ, बसन्ता भट्टराई, दिपक रेग्मी, प्रमिला ढुंगाना, पदमप्रसाद सुवेदी र निलम गुरागाइँ सर्वसम्मत चयन भएका छन् । सो कार्यसमितिले दुई जना थप सदस्य मनोनित गर्ने व्यवस्था रहेको जनाइएको छ । कार्यक्रममा स्वागत मन्तव्य इन्दिरा रेग्मीले राखेकी थिइन् ।

Facebook Comments Box