दमक/ शुक्रवार साहित्य कला सङ्गम दमकले सिर्जनशिल रचना वाचन कार्यक्रमको ६१ ओै श्रृङ्खला शुक्रवार एक कर्यक्रमका बिच सम्पन्न गरेको छ ।
कवि तथा साहित्यकार प्रा डा गोविन्दराज भट्टराईको प्रमुख आतिथ्थतामा भएको उक्त कार्यक्रममा प्रतिभा निकेतन दमकका संस्थापक अध्यक्ष खेमलाल पोख्रेल,प्रतिभा निकेतनका पूर्व अध्यक्ष मेघराज तिम्सिना लगायतको बिशिष्ट आतिथ्यता रहेको थियो ।
कार्यक्रममा दर्जन भन्दा बडी स्रष्टाहरुले रचना वाचन गरेका थिए ।रचना वाचन गर्नेहरुमा साहित्यकला सङ्गमका अध्यक्ष बिन्दु दहाल मुकदर्शक ,उपाध्यक्षहरु यादवप्रसाद अधिकारी झाक्रिखोले , चन्दा गड्तौला ,दुर्गा खनाल काफ्ले,महासचिव ओमप्रसाद खनाल ,सचिव बिरेन्द्र खड्का,सहसचिव मेघनाथ बन्धु,सदस्यहरु बिबेक दुलाल क्षेत्री , गोपाल दहाल लगायत स्रष्टाहरु किशोर खनाल,खड्ग बहादुर खड्का ,शान्तप्रसाद भट्टराई, गीता कुवर रहेका छन । कार्यक्रम साहित्य कला सङ्गमका अध्यक्ष बिन्दु दहाल मुकदर्शकको अध्यक्षतामा भएको थियो भने कार्यक्रमको सञ्चालन सचिव विरेन्द्र खड्काले गरेका थिए ।