मिति २०७६ मसिंर १९ गते निष्कर्ष न्यूज डटकममा अपडेट गरिएको तुलसी सहकारीमा राखेको ५ लाख रुपैयाँ फिर्ता भएन शीर्षकको समाचारप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ ।
साथै तुलसी बहुमुखी सहकारीका बचतकर्ता दमक ६ स्थायी बसोबास गर्ने श्री वीर बहादुर श्रेष्ठले आफ्ना नाती सुभान ताम्राकारको नाममा मिति २०७३ साल आश्विन २ गते रु ५००००० ( अक्षरेपी पाँच लाख रुपैयाँ) १ बर्षे मुद्धती खातामा जम्मा गर्नुभएको ब्यहोरा ठिक साँचो भएको जानकारी गराउँदछौं । सोही खातालाई निज विरबहादुर श्रेष्ठसंग मिति २०७३ पुष ४ गते समन्वय गरी यस संस्थाको तत्कालिन स्कीम बमोजिम १०० कित्ता शेयर प्रदान गरी उक्त खातालाई सोही मिति २०७३ पुष ४ गते लागू हुने गरी ३ बर्षे मुद्धती खातामा १३.२ प्रतिशत ब्याजदर मासिक रुपमा प्रदान गर्ने व्यवस्था मिलाई रकम जम्मा गरिएको ब्यहोरा साँचो हो भन्ने बिषयमा जम्माकर्ता सहमत हुनुभएको स्वीकार गर्नुभई सोही अनुसार गरेका छौं ।
तर प्रारम्भममा प्रदान गरिएको खाताको मिति नयाँ स्कीममा रुपान्तरण गर्दा नसच्याइएको हुनाले कम्प्युटर अभिलेख र प्रदान गरिएको खातामा मुद्धती अवधि फरक देखिन आएको हुँदा भुलचुक भई असमझदारी जस्तो देखिन आई आज मिति २०७६ मसिंर २० गते शुक्रबारका दिन विर बहादुर श्रेष्ठले नियमानुसार प्राप्त गर्ने साँवा ब्याजको रकम लिने दिने गरी सहजरुपमा आपसी असमझदारीको व्यवस्थापन गरिएको यसै अनलाइन विज्ञप्ती मार्फत जानकारी गराउँदै यसै अनलाईन मार्फत तुलसी बहुमुखी सहकारीले कुनै पनि ग्राहकको बचत रकम फिर्ता दिनलाई आनाकानी नगरेको ब्यहोरा समस्त संस्थाका ग्राहक तथा सदस्य एवम् सरोकारवालापक्षहरुलाई जानकारी गराउँदै पूर्ण विश्वस्तताकासथ कारोबार गर्नुहुन यसै विज्ञप्तीमार्फत जानकारी गराउँदछौं ।
बचत जम्मा कर्ता विरबहादुर श्रेष्ठ –दमक ६ झापा ऋतु थापा– शाखा प्रमुख तुलसी बहुमुखी सहकारी संस्था लि. दमक
