दमक/ द भ्वाइस अफ नेपाल सिजन टुको उपाधि झापा विर्तामोडका राम लिम्बुले जितेका छन् ।
हिमालय टेलिभिजनबाट प्रशारित रियालीटी शो भ्वाइस अफ नेपाल छनौटका लागि शनिबार राति भएको ग्राण्ड फिनालेमा लिम्बुले उपाधि जित्न सफल भएका हुन् । यससंगै उनले कार पुरस्कार पाएका छन् । अन्तिम चारबाट विजेता चयन गरिएको थियो । कोच प्रमोदको टिमबाट राम विजयी भएका हुन् । ‘दि भ्वाइस अफ नेपाल’को अन्तिम चारमा सनिष श्रेष्ठ, राम लिम्बु, विकास लिम्बु र आरिफ राउफ पुगेका थिए ।
उनीहरुले गरेको प्रस्तुति र दर्शकको भोटिङको आधारमा राम लिम्बु विजेता बनेका हुन् । विजेता बनेसँगै म्यूजिक नेपालबाट उनको एल्बम समेत सार्वजनिक हुनेछ । यो सिजनको कोचमा दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र आस्था राउत थिए ।