लखनपुर/ झापाको कमल गाँउपालिका ५ पाडाजुंगीस्थित ससक्तीकरण महिला बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः नरमाया तामाङ्ग चुनिनु भएको छ ।
संस्थाको छैठौ बार्षिक साधारणसभाले तामाङ्गको अध्यक्षतामा नौ सदस्यीय सञ्चालक र बालकुमारी लावतीको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति सर्वसम्मत निर्वाचित गरेको हो ।

गठित सञ्चालक समितिको उपाध्यक्षमा लक्ष्मी खरेल,सचिवमा दिलु वराईली र कोषाध्यक्षमा मोनिका लिम्बु राई चुनिनु भएको छ ।
यस्तै सदस्यहरुमा अनिता पाठक,विमला प्रधान,नरमाया माझी,देवी भट्टराई र मनिका राई रहनु भएको छ । यस्तै ,वन्दसत्रले बालकुमारी लावतीको संयोजकत्वमा करुणा प्रधान र गोपी भट्टराई सदस्य रहेको एक लेखा समिति समेत चयन गरेको छ ।
जिल्ला सहकारी संघ झापाकी उपाध्यक्ष गीता कुँवरको प्रमुख आतिथ्यमा भएको साधारणसभाको उद्घाटन कमल ५ का वडाध्यक्ष डम्बर बहादुर निरौलाले गर्नुभएको थियो । महिलाहरुद्धारा सञ्चालित सो सहकारीले सदस्यकेन्द्रीत आर्थिक कारोवार गर्नुका साथै विभिन्न सामाजिक कार्यहरु समेत गरिआएको जनाईएको छ ।

Facebook Comments Box