दमक/नेपाल सरकारले ल्याएको भेइकल कन्साइनमेन्ट ट्रयाकिङ सिस्टम (भि.सि.टि.एस.) का बिषयमा जानकारीमुलक कर प्रशिक्षण तालिम दमकमा सम्पन्न भएको छ ।
दमक उद्योग वाणिज्य संघ र औषधि व्यवसायी संघको संयुक्त आयोजनामा वाणिज्य संघको सभाकक्षमा भएको तालिममा वस्तुगत संघ संग आवद्ध तथा भि.सि.टि.एस.सँग सम्वन्धित व्यवसायीहरु उल्लेख्य संख्यामा सहभागि थिए । सो सिस्टम, महत्व, उपयोगीता त्यसको व्यवहारिक प्रयोग बिधीका बारेमा सहभागिहरुलाई राजश्व अनुसन्धान अधिकृत हितेष बस्नेत र कर्मचारी विशाल भण्डारीले सहजीकरण गर्नुभएको संघका प्रथम उपाध्यक्ष राजु खड्काले जानकारी दिनु भयो ।


दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठको अध्यक्षतामा सो तालिम सम्पन्न भएको संघका तालिम संयोजक चन्द्र खत्रीले जानकारी दिनु भयो ।

Facebook Comments Box