दमक/झापा गौरीगञ्ज ३ का मिर्गौला पीडित देव बहादुर रोक्काको उपचारका लागि कतारमा रहेका ३ नेपालीले नगद १० हजार रुपैयाँ सहयोग प्रदान गरेका छन् ।

दुबै मृर्गौला पीडित रोक्कालाई गौरिगञ्ज ३ का प्रकाश कंडेल, तिर्थ राई र उदयपुरका मान बहादुर राईले संयुक्त रुपमा सो रकम सहयोग गरेका हुन् ।
पीडितका घरमा पुगेर आज सो सहयोग रकम परिवारजनालाई हस्तान्तरण गरिएको जनाइएको छ । स्थानीयबासीहरुले रोक्काको उपचारमा सहयोग जुटाउन अभियाननै सञ्चालन गर्दै आएका छन् ।