लखनपुर/झापाको कमल ५ लखनपुरस्थित लगनशील कृषि सहकारी संस्थाले निशुल्क दन्त र आँखा परिक्षण शिविर सञ्चालन गरेको छ ।


बिहिबार संस्थाको कार्यालय परिसरमा आयोजना गरिएको शिविरमा आएका १५० जना सर्वसाधारण मध्ये ५० जनाको दाँतको थप उपचारका लागि सिफारिस गरिएको छ भने आँखा शिविरमा आएका २५० मध्ये ४२ जनामा मोतिया विन्दु भेटिएकाले शल्यक्रियाका लागि सिफारिस गरिएको छ ।

दमकस्थित आमा डेन्टल केयर प्रालिका दन्त रोग विशेषज्ञ डा. दिपिका शर्माको नेतृत्वमा दाँतका विरामीहरुको परीक्षण गरिएको थियो । काँकरभिट्टा आइकेयर सेन्टर काँकरभिट्टाको प्राविधिक सहयोगमा आँखा शिविर सम्पन्न भएको थियो । शिविरमा निशुल्क औषधी समेत वितरण गरिएको बताइएको छ ।

Facebook Comments Box