दमक/ गएराती ( शुक्रबार) धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बजारमा शुक्रबार मध्यराति भएको बम विस्फोटमा एकै परिवारका बाबु छोराको मृत्यु भएको छ ।

स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका छोरा अन्दाजी २४ बर्षिय आनन्द साहको घटनास्थलमै मृत्यु भएको हो ।
विस्फोटमा परी प्रहरी निरीक्षक अमिर दाहाल र प्रहरी जवान रिजन महतो, मृतक घरमुली राजेश्वर साहका अर्का छोरा प्रकाश र छोरी अञ्जली गम्भीर घाइते भएका छन् । सो विस्फोट कसले र कुन उद्धेश्यका लागि गराएको हो भन्ने बारेमा थाहा हुन सकेको छैन ।

प्रहरीले घट्नाको विस्तृत विवरण सार्वजनिक गरेको छैन ।

Facebook Comments Box