दमक/झापाको दमक ५ का महिलाहरुका लागि नेतृत्व विकास तथा क्षमता अभिबृद्धि सम्बन्धिको पाँच दिने तालिम शुक्रबारदेखि शुरु भएको छ ।

दमक ५ को वडा कार्यालयले आयोजना गरेको तालिममा वडा भित्रका विभिन्न संघ संस्थामा आवद्ध महिला प्रतिनिधिहरु तथा छात्राहरु समेत ५० जना भन्दा बढी सहभागि रहेका वडा सचिव भोसकुमार थुलुङले जानकारी दिनु भयो ।
दमक ५ का वडाध्यक्ष इन्द्र बहादुर गुरुङको अध्यक्षता र नगरपालिकाका निमित्त प्रशासकिय अधिकृत दिनेश न्यौपानेको प्रमुख आतिथ्यमा भएको तालिम उद्घाटन कार्यक्रममा वडा सदस्य ख्यामकुमारी परियार ( सरु) ले स्वागत मन्तव्य राख्नु भएको थियो ।

वडा सदस्य दुर्गा पौडेल, नगरपालिकाका लेखा अधिकृत देवी प्रसाद कोइराला , दिपीनि आधारभुत विद्यालयका प्रधानाध्यापक शेषकुमार निरौलाको आतिथ्य रहेको उद्घाटन कार्यक्रमको सञ्चालन महिला वडा सदस्य कृतिका भट्टराईले गर्नुभएको थियो ।
तालिममा महिलाहरुलाई उद्घोषण, माइन्यूट लेखन तथा प्रतिवेदन तयार गर्ने, सञ्चार सम्पर्कका माध्यमहरुको उपयोगिता लगायतका बिषयमा प्रशिक्षण दिईने वडा कार्यालयले जनाएको छ । तालिमको पहिलो दिन पत्रकार गोपाल झापालीले सहजीकरण गर्नुभएको छ ।
