दमक/झापाको गौरीगञ्ज गाउँपालिकाले अत्यधिक चिसो बढेको कारण गाउँपालिका अन्तर्गतका विद्यालयहरु तीन दिनका लागि बन्द गरेको छ ।
गाउँपालिकाका शिक्षा शाखा प्रमुख केशव भट्टराईले पुष ६ गतेदेखि ८ गते सम्मका लागि गाउँपालिका अन्तर्गतका सबै विद्यालयहरुमा विदा दिइने भएको जनाउनु भयो ।
सो गाउँपालिका भित्र गौरीगञ्ज मावि, खजुरगाछी मावि, बाल कल्याण मावि माहाभारा, आदर्श मावि कोरोबारीसहित करिब डेढ दर्जन विद्यालय रहेका छन् ।

त्यस क्षेत्रका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरु अत्यधिक चिसोका कारण विद्यालय आउनै नसक्ने अवस्था सिर्जना भएकोले प्रतिकुल मौसमका कारण विद्यालय बन्द गर्नुपरेको गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले जानकारी दिनु भयो ।