दमक/माङसेबुङ पब्लिकेसन्सद्धारा प्रकाशित माङसेबुङ मासिक पत्रिका प्रकाशनको तेस्रो बर्ष पूरा भई चौंथो बर्षमा प्रवेश गरेको छ । सो अवसरमा पत्रिकाले वार्षिकोत्सव सम्पन्न गरेको छ ।


दमकमा शुक्रबार विविध कार्यक्रम गर्दै पत्रिकाले वार्षिकोत्सव मनाएको हो । कार्यक्रममा को बन्छ माङसेबुङ मासिक भाग्यशाली उपहार समेत सञ्चालन गरिएको थियो । भाग्य चिठ्ठा सार्वजनिक गर्न माङसेबुङ पत्रिकाका स्तम्भकार तथा सञ्चारकर्मी कमन देवानको संयोजकत्वमा माङसेबुङ भाग्यशाली चिठ्ठा वितरण संयोजन समिति गठन गरिएको थियो । चिठ्ठा सार्वजनिक कार्यक्रम अन्तर्गत रसिद नम्बर ५३२ माङसेबुङ भाग्यशाली बनि १ तोला सुनको टिल प्राप्त गरेका छन् ।

त्यसैगरी ३ वर्ष पूरा गरेर चौंथो वर्षमा प्रवेश गरेको माङसेबुङ पत्रिकाको वार्षिकोत्सव कार्यक्रमको अवसरमा सार्वजनिक गरिएको भाग्य चिठ्ठामा १५ जनाले १ तोलाका दरले १५ तोला चाँदीको टिल प्राप्त गरेका छन् । चाँदीको टिल प्राप्त गर्ने ग्राहक रसिद नम्बरहरु क्रमशः ११५९, १९४, ३९०, १२८६, १४१७, १२८४, ९१०, ५०७, ५३८, ३९६, ११५५, १८०४, १३७२, १४६२ र १७०१ रहेका छन् । माङसेबुङ पत्रिकाको वार्षिक ग्राहकहरु सो उपहार (लक्की ड्र) मा सहभागि भएका हुन् ।
माङसेबुङ पब्लिकेसन्सले विगत ४ वर्षयता नियमित प्रकाशन गर्दै आइरहेको माङसेबुङ पत्रिकाको स्तरोन्नति तथा विस्तारमा सहयोग गर्ने विशेष प्रतिनिधि, प्रतिनिधिहरु र निरन्तर लेख उपलब्ध गराउने स्तम्भकारहरुलाई धन्यवाद पत्रद्धारा सम्मान गरिएको छ ।
त्यसैगरी पत्रिकाको स्तरोन्नति तथा विस्तारमा सहयोग गर्ने सौजन्यदाता र नाम्लिङगेक, लारिङगेकमा सहयोग गर्ने सहयोगीहरुलाई समेत धन्यवाद पत्रद्धारा सम्मान गरिएको छ ।

Facebook Comments Box