दमक/ चिसो बढेपछि झापाको दमक नगरपालिकाले भोली पुष ७ गतेदेखि ९ गते सम्म तीन दिनका लागि पछि विदा मिलान गर्ने गरि नगरका विद्यालयहरुको पठनपाठन बन्द गर्ने भएको छ ।

नगरपालिकाले आज आईतबार आफ्नो आधिकारिक वेवसाइडमा सूचना प्रकाशन गरि त्यस्तो जनाएको हो । उपसचिव दिनेश न्यौपानेद्धारा हस्ताक्षरित सबै विद्यालयका लागि जारी सूचनामा केहि दिनयता बाक्लो हुस्सुसंगै शीतलहर समेत चलिरहेको र घाम समेत नलागेकाले दैनिक पठनपाठनमा असहज भएको हुँदा ७ गतेदेखि ९ गते सम्म पछि अन्य विदाहरुमा मिलान गर्ने गरि विदा दिन भनिएको छ ।
यो सूचनासंगै नगरका सबै विद्यालयहरुको पठनपाठन आगामी ९ गते सम्मका लागि बन्द हुनेछ । यस अघि गौरीगञ्ज गाउँपालिकाले आगामी मंगलबार सम्मका लागि चिसोकै कारण विद्यालय बन्द गरिसकेको छ ।