दमक/फोहोरमैला तथा वातावरण सम्बन्धी दमक नगरपालिकाले २०७४ सालको भदौ १४ मा गरेका केहि महत्वपूर्ण र विशेष निर्णयहरु कार्यान्वयन हुन सकेका छैनन् । अधिकांश ति निर्णयहरु अलपत्र अवस्थामा छन् । निर्णयहरुको उल्लंघन भईरहे पनि स्थानीय सरकार रमिते बनिरहेको छ ।

२०७४ असोज १ देखिनै प्लाष्टिकजन्य चिया कप र प्लेटको प्रयोगमा प्रतिबन्ध लगाइएको थियो । त्यसैगरि वातावरण तथा माव स्वास्थ्यलाई प्रतिकुल प्रभाव पार्ने किसिमका खादा प्रयोग गर्न नपाउने तर जातिय संस्कारका रुपमा भने खादाको प्रयोगलाई बाधा नगर्ने, सडकमा २०७४ असोज १ देखिनै कुनै पनि किसिमका निर्माण सामग्री डम्पिङ गर्न नपाउने, कुनैपनि किसिमका फोहोर नालामा फ्याँक्न नपाउने, २०७४ मसिंर १ देखि बजार भित्र सार्वजनिक क्षेत्रमा धुम्रपान गर्नेलाई कारवाही गर्ने, नगरपालिकाको हाता भित्र भने सेवाग्राही, जनप्रतिनिधिहरु, कर्मचारी कसैले पनि धुम्रपान, मद्यपान, खैनी , गुट्खा आदि सेवन गरेमा कारवाहिको बिषय बनाइने पनि सो विशेष निर्णयमा उल्लेख छ ।

स्थानीय सरकार कार्यान्वयनमा आए लगत्तै गरिएका त्यसताका महत्वपूर्ण भनि चर्चा गरिएका यि निर्णयहरुको कार्यान्वयन त भएको छैनन नि यहाँका निजी लगानीमा खोलिएका अस्पतालहरुमा उत्पादन भएको फोहोरको व्यवस्थापन समेत हुन सकेको छैन ।
जसका कारण अस्पतालमा उब्जिएको फोहोर रतुवा पूर्वको बस्ती र दमकको उत्तरी क्षेत्र हंसेदुम्से वन परिसरमा थुपार्ने गरिएको छ । अस्पताल सञ्चालनको अनुमति वा स्वीकृति दिँदा अस्पतालमा उत्पादित फोहोर आफैं व्यवस्थापन गर्ने संरचना अस्पतालले बनाएको हुनुपर्छ । तर यहाँका अस्पताल तथा क्लिनिकहरुले त्यस किसिमको फोहोरको व्यवस्थापनमा हेल्चेक्र्याइँ गर्दै आएका छन् ।

Facebook Comments Box