गौरादह/झापाको गौरादह ९ बैगुन्धुरा र आसपासका किसानहरु सिचाइँका लागि कन्काई नहरमा पानी नहुँदा जमिन मुनिको सतहबाट पानी निकाल्न परम्परागत प्रविधिबाट जमिन मुनी पाइप गाड्दै । 

यस किसिमको बोरिङ गर्ने परम्परागत प्रविधिका माध्यबाट पानी निकालेर पानी तान्ने विद्युती मोटर जडान गरि किसानहरुल सिँचाई गर्दै आएका छन् । खेतमा कन्काई सिचाइँ आयोजनाको नहर पुगे पनि पानी नआउने समस्याका कारण किसानहरुले नहरको विकल्पमा निजी लगानीमा सिँचाइँको बन्दोबस्ती मिलाउनु परेको हो ।