दमक/जिल्ला भलिबल संघ झापाले १ नम्बर प्रदेशस्तरिय एनएमसी कप भलिबल प्रतियोगिताका लागि खेलाडी छनौट गरेको छ ।

खेलाडी छनौट समितिका संयोजक खडानन्द खतिवडाको संयोजकत्वमा बसेको छनौट समितिको बैठकले यहि पुष २३ देखि २६ गते सम्म कन्काई नपाको जामुनखाडी क्षेत्रमा आयोजना हुने एनएमसी कप भलिबल प्रतियोगितामा आयोजकको तर्फबाट ए टिम र जिल्ला भलिबल संघको तर्फबाट बी टीम सहभागि गराउने निर्णय गर्दै ति दुवै टिमका खेलाडीहरुको छनौट गरेको छनौट समितिका सदस्य समेत रहनु भएका भलिव संघ प्रदेश नं १ का सदस्य रोशन दाहालले जानकारी दिनु भयो ।
ति दुवै टिमका लागि ६ जना बैकल्पिक खेलाडीसहित २४ जना खेलाडी छनौट गरिएको हो । सो प्रतियोगितामा एक नम्बर प्रदेश अन्तर्गतका भलिबल टिमहरुले भाग लिने जनाइएको छ । ए टिमका तर्फबाट टिम कोच गजेन्द्र ताम्लिङ र मेनेजर तेजु धिमाल तथा बी टिमको कोच राजु श्रेष्ठ र मेनेजर ध्रुव नेम्वाङलाई तोकेको छ । दमक भलिबल र नगरपालिकाद्धारा निर्मित हिमावि खैल मैदानमा खेलाडी छनौट गरिएको बताइएको छ ।