दमक/झापाको कमल ५ लखनपुरस्थित लगनशील कृषि सहकारी संस्थाको १२ औं चुनावी साधारण सभाबाट एलबी विष्टको नेतृत्वमा ९ सदस्यीय सञ्चालक समिति र ३ सदस्यीय लेखा समिति निर्विरोध निर्वाचित भएको छ ।

संस्थाको चुनावी कार्यक्रम अनुसार अध्यक्ष पदमा मनोनयन गरेका २ जनाले उम्मेद्वारी फिर्ता लिएसंगै निर्वाचन समितिले अध्यक्षमा विष्टसहित सबै पदहरुमा निर्विरोध चयन भएको सार्वजनिक गरेको हो ।
स्थानीय सामाजिक तथा गतिबिधिमा सक्रिय विष्ट यस अघि संस्थाको सचिव पदमा क्रियाशील हुनुहुुन्थ्यो । सो सहकारीका संस्थापक समेत रहनु भएका विष्टले आगामी ४ बर्षे कार्यकालको लागि संस्थालाई नेतृत्व प्रदान गर्नुहुनेछ । सो संस्था कमल गाउँपालिकाकै ठुलो सहकारी संस्थाका रुपमा चिनिन्छ ।
सार्वजनिक गरिएको विवरण अनुसार संस्थाको उपाध्यक्षमा गोविन्द खनाल, सचिवमा भिष्म सिटौला, फणिन्द्र भट्टराई, मदन खड्का, मिन घिमिरे , निर्मला न्यौपाने, नैनकला खतिवडा र अर्की एक महिला सदस्य हुनुहुन्छ । त्यसैगरि संस्थाको लेखा संयोजकमा युवराज कार्की तथा सदस्यहरुमा टिका खत्री, राम बराल पनि निर्वाचित हुनु भएको छ । सो निर्वाचन प्रकृया सम्पन्न गर्न नारायण प्रसाद भट्टराइको संयोजकत्वमा उषा भण्डारी र तिर्थ थापा सदस्य रहेको निर्वाचन समितिलाई जिम्मेवारी दिइएको थियो ।