दमक/ दमक उद्योग वाणिज्य संघ तथा नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा महिलाहरुलाई उद्यममा प्रोत्साहनका साथै भोग्नु परिरहेका समस्या र सम्भावनाहरुका बिषयमा आज दमक उद्योग वाणिज्य संघको सभाकक्षमा अन्तरक्रियात्मक छलफल गरेको छ ।

संघका अध्यक्ष गोकुल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ महिला उद्यमी विकास समिति सभापति कमला श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा महिला उद्यमशिलताका विषयमा नेपाल सरकार तथा नेपाल उद्योग वाणिज्य महासंघले उपलव्ध गराउने सेवा सुविधा तथा सम्भावनहरुका बिषयमा केन्द्रित भएर अन्तरक्रिया गरिएको संघका प्रथम उपाध्यक्ष राजु खड्काले जानकारी दिनु भयो ।

कार्यक्रमको सञ्चालन दमक उद्योग वाणिज्य संघ अन्तरगत महिला उद्यमी विकास उपसमिति सदस्य गंगादेवी ढकालले गर्नुभएको थियो । उप समित सदस्य चाँदनी बस्नेत र मैना दहालले धारणा राख्नुभएको थियो ।