दमक/झापाको कचनकवल गाँउपालीका वडा न. ७ मा रहेको जनज्योती प्राथमिक बिद्यालयका बिद्यार्थीहरुलाई दमककी सामाजिक अभियान्ता दुर्गा काफ्लेले न्यानो कपडा प्रदान गर्नुभएको छ ।


बिद्यालयमा अध्यनरत बालबालिकाहरुलाई काफ्लेसहित दाताहरु गौरी निरौला र तेजप्रसाद तिवारीले न्यानो कपडा प्रदान गर्नुभएको हो । कचनकवल गाँपालीका वडा न. ७ का वडाध्यक्ष भरत राजबंशीको प्रमुख आतिथ्यमा र कचनकवल गापाका शिक्षा शाखा प्रमुख कचनकवलका छविलाल बस्नेतको बिशिष्ट आतिथ्यमा शुक्रबार सम्पन्न कार्यक्रममा पाणिनी मावि दमकमा कार्यरत काफ्लेले आफ्नो मासिक तलव खर्चिएर खुत्रुकेमा जम्मा गरेको पैसाले त्यस किसिमको सहयोग प्रदान गरेको बताउनु भयो । उहाँले लामो समयदेखि बर्षेनी झापाका विभिन्न स्थानमा बालबालिका, असहाय तथा अशक्तहरुलाई सहयोग गर्दैै आउनु भएको छ ।


बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओम प्रकाश लिम्बू अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।

Facebook Comments Box