दमक/झापाको दमकबाट दुई जना खेलाडी यहि शुक्रबारदेखि बंगलादेशको जेसार शहरमा हुने अन्तराष्ट्रियस्तरको कराँते प्रतियोगितामा सहभागिता जनाउन त्यस तर्फ गएका छन् । दमक ३ का मन बहादुर लिम्बु र पेमदिकी शेर्पा प्रशिक्षक डम्बर बहादुर सुनुवारसहित त्यस तर्फ गएका हुन् ।

लिम्बुले ६० केजी तौल समुहबाट र शेर्पाले ५० केजी तौल समुहबाट प्रतियोगितामा आफ्नो खेल प्रतिभा प्रस्तुत गर्ने जनाइएको छ । एक प्रशिक्षकसहित ३ सदस्यीय सो खेलाडी टोलीलाई आज दमक ३ को वडा कार्यालयले सक्षिंप्त कार्यक्रम गरि विदाई गरेको छ ।
सो अवसरमा नगरपालिकाकी उपमेयर गीता अधिकारी, वडाध्यक्ष नविन बराल, वडा सदस्यद्धय तनकुमारी दाहाल, सुकदेव लुइँटेल, वडा सचिव सन्दिप सुवेदी लगायतले खेलाडीहरुलाई अग्रिम शुभकामना सहित विदाई गर्नुभएको थियो ।

सो अवसरमा वडा कार्यालयको तर्फबाट एक÷एक जोडी खेल पोशाक हस्तान्तरण गर्नुका साथै वडाध्यक्ष बरालले वडाका तर्फबाट खेलाडीको प्रेत्साहनका लागि जनही १०/१० हजार रुपैयाँ नगद प्रदान गर्ने घोषणा समेत गर्नुभएको थियो ।
