दमक/झापाको शिवसताक्षीमा पर्ने झिलझिले बजारबाट उत्तरतर्फ किराँतीहरुको अगुवाईमा करिब २५ लाख रुपैयाँको लागतमा सुम्निामा पारुहाङको शालिक निर्माण सम्पन्न भएको छ ।
स्थानीय सरकार, किराँत धर्मावलम्बीहरु र देश विदेशबाट शुभचिन्तकहरुको समेत सहयोगमा सो शालिक निर्माण सम्पन्न भएको किराँत राई साँस्कृतिक कलाकार संघका जिल्ला अध्यक्ष समेत रहेका स्थानीय भद्र दुमी राईले बताए ।
किराँत राई यायोक्खा शिवसताक्षीले शालिक निर्माणका लागि दिलिप वान्तवा राईको संयोजकत्वमा निर्माण समिति बनाएको थियो । ति दुवै शालिकको आज झापा क्षेत्र नं ४ का संघीय संसद सदस्य एलपी साँवाले अनावरण गरेका छन् । सो अवसरमा सांसद साँवा, प्रदेश सांसदद्धय झलकसिंह दर्लामी र हिरा थापा लगायतले सुम्निमा पारुहाङको शालिक निर्माणले शिवसताक्षीको धार्मिक पर्यटकीय विकासमा थप टेवा मिल्ने विश्वास व्यक्त गरे । उनीहरुले विभिन्न जातजाती र भाषाभाषीको समिश्रण रहेको नेपाली समाज कला संस्कृतिको धनी मुलुक भएको पनि चर्चा गरे ।
सो कार्यक्रममा चर्चित गायिक मेलिना राईले तिमीले बाटो फेरियौं अरे……सहित विभिन्न चर्चित गीतहरु प्रस्तुत गरेर मनोरञ्जन दिलाएकी थिइन । यायोक्खा शिवसताक्षीका अध्यक्ष पर्शुराम रिङगालुङको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।