दमक/झापा दमक ३ मा गत असोजमा सञ्चालित प्रथम दमक–चुलाचुली कप नकआउट फुटबल प्रतियोगिताको आय व्यय सार्वजनिक गरिएको छ ।

प्रतियोगिता आयोजक समितिले आज दमक ३ को वडा कार्यालयमा पत्रकार सम्मेलन गरि प्रतियोगिताबाट २ लाख ७० हजार रुपैयाँ बचत गर्न सफल भएको जनाएको हो । आयोजक समितिका संयोजक कुमार गिरीले प्रतियोगिता सञ्चालनका लागि विभिन्न सहयोगी दाताहरुबाट १३ लाख रुपैयाँ संकलन भएको र सोहि रकमबाट खैलमैदान व्यवस्थापन, पुरस्कार तथा अन्य विभिन्न शीर्षकमा खर्च भई बचत भएको २ लाख ७० हजार रुपैयाँमा थप गरि आगामी बर्ष समेत सो प्रतियोगितालाई थप स्तरिय बनाउँदै निरन्तरता दिईने जनाउनु भयो ।
दमक ३ का वडाध्यक्ष नविन बरालले प्रतियोगिता सञ्चालन गरिएको स्थल चुलाचुली आधारभूत बिद्यालयको चुलाचुली खेलमैदानलाई नगरस्तरीय खेलमैदान बनाउने योजना रहेको बताउनु भयो । उहाँले प्रतियोगिता सञ्चालनपछि बचत भएको सो रकम भने प्रतियोगिताको निरन्तरताका लागि खर्चिने स्थानीय युवा तथा खेलप्रेमीहरुको चाहना भएकाले वडाको मातहतमा रहने वडास्तरीय खेलकुद समितिले आगामी बर्षपनि दमक चुलाचुली कप फुटबल प्रतियोगितालाई निरन्तरता दिन सहयोग गरिने बताउनु भयो ।