एजेन्सी/ दिल्लीको एक स्थानीय अदालतले निर्भया सामूहिक बलात्कार र हत्यामा संलग्न चार जना दोषीलाई मृत्युदण्डको सजाय सुनाएको छ ।


निर्भया घटनामा संलग्न चार जना दोषीहरुः अक्षय ठाकुर सिंह, मुकेश, पवन गुप्ता र विनय शर्माले आउँदो जनवरी २२ मा बिहान सात बजे तिहाड जेलमा मृत्युदण्ड दिइनेछ ।
सन् २०१२ को डिसेम्बर १६ मा २३ वर्षकी एक मेडिकल छात्रालाई गुडिरहेको बसमा सामूहिक बलात्कारपछि हत्या गरेको अभियोगमा ४ जनालाई मृत्युदण्डको सजाय सुनाइएको हो ।
निर्भया बलात्कारमा ६ जना संलग्न रहे पनि एक जनाले जेलमा आत्महत्या गरेका तथा अर्का एक जना घटना घटेको बेलामा नाबालिग रहेकाले चार जनालाई मात्रै मृत्युदण्डको सजाय सुनाइएको हो ।
दिल्लीको पटियाला अदालतका अतिरिक्त सत्रका न्यायाधीश सतीश कुमार अरोडाले भने, ‘दोषीहरुलाई अघिको कारबाहीको लागि १४ दिनको समय दिइएको छ ।’
निर्भयाका आमाबुवाले घटनामा संलग्न चार जना दोषीहरुलाई मृत्युदण्डको सजायको लागि कानुनी कारबाही प्रक्रियामा ढिलासुस्ती नगर्न आग्रह गरेपछि अदालतले यस्तो फैसला गरेको हो ।

Facebook Comments Box