एजेन्सी/   यूएईको आबुधाबीमा भएको बस दुर्घटनामा झापाकी कृष्णकुमारी अधिकारीसहित तीन नेपालीको ज्यान गएको छ । दुर्घट्नामा अन्य देशका समेत तीन जना  
छन् । दुर्घट्नाकी मृतक अधिकारीको पूरा ठेगाना भने खुलेको छैन । उनीसंगै प्युठानकी भावना कुँवर र ठेगाना नखुलेकी अमिसा मोक्तान तामाङको पनि मृत्यु भएको नेपाली दूतावासले जनाएको छ । यूएईको एमबीएम कम्पनीमा सरसफाइसम्बन्धी काम गर्ने महिला कामदार बोकेको मिनिबस बिहीबार बिहान आबुधाबीको अल रहा क्षेत्रमा लरीमा ठोक्किएर दुर्घटना भएको हो । अन्य ज्यान गुमाउनेमा बसका चालक एक पाकिस्तानी पुरुष, एक जना श्रीलङ्काली र एक जना अफ्रिकन महिला कामदार छन् ।

Facebook Comments Box