दमक/सरकारले ल्याएको एक वडा एक स्वास्थ्य संस्थाको कार्यक्रम कार्यान्वयनका लागि झापाको गौरीगञ्ज गाउँपालिकामा दुई आधारभुत स्वास्थ्य केन्द्र भवन निर्माण गरिने भएको छ ।

संघीय सरकारको सशर्त अनुदानबाट वडा नं ३ र ५ मा चालू आर्थिक बर्षमा आधारभुत स्वास्थ्य केन्द्रका एक ÷एक वटा भवन निर्माण गर्ने प्रकृया अघि बढेको हो ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रका अनुसार ति वडामा ३८ लाख रुपैयाँका दरले संघीय सरकारले बजेट पठाउनेछ । सो मध्ये तत्काल वडा नं ३ का लागि ३० प्रतिशत र ५ का लागि ३५ प्रतिशत बजेट आईसकेको छ ।
आवश्यक प्रकृया पूरा गरी सो सम्बन्धिको योजना कार्यान्वयनका लागि सम्झौता भए थप बजेट समेत चालू आर्थिक बर्षमा नै प्राप्त हुने जनाइएको छ । आधारभुत स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याउका लागि चाहिने कर्मचारीका लागि पारिश्रमिक दिन थप ५ लाख रुपैयाँ सञ्चालनार्थ रकम स्वास्थ्य विभागले पठाउनेछ । गाउँपालिकाले भने ति केन्द्रमा आवश्यक फर्निचर, औषधी आदिको बन्दोबस्ती गर्नुपर्नेछ ।