गौरीगञ्ज/ निर्माणाधिन हुलाकी मार्गको काममा सहजताका लागि हुलाकी मार्ग क्षेत्रमा पर्ने व्यक्तिगत तथा सार्वजनिक महत्वका संरचनाहरु हटाउन गाउँपालिकाले माघ २५ गते सम्मको म्याद दिएको छ ।

सर्वसाधारणका नाममा गाउँपालिकाले हालै जारी गरेको सूचनामा त्यस्तो उल्लेख छ ।  गाउँपालिकाले पूर्वमा कन्काई र पश्चिममा रतुवा खोला सम्मको सो गाउँपालिका क्षेत्र भित्र सडकको मध्य विन्दुबाट दायाँ बाँया १५/१५ मिटर हुलाकी मार्ग निर्माणको क्षेत्र रहेको स्मरण गराउँदै त्यस्तो सूचना जारी गरेको हो ।

हेर्नुहोस सूचना जस्ताको तस्तै

Facebook Comments Box