दमक/ २०१७ सालमा स्थापित झापाको गौरीगञ्ज १ साविक माहाभारा ३ स्थित बालकल्याण माविमा अध्ययन गरेका भुपू विद्यार्थी तथा शिक्षकहरुको ठुलो समुहका बीचमा पुर्नमिलन तथा सांगितिक कार्यक्रमसहित पर्यटकीयस्थल सतासीधामको प्रचार प्रसार गरिने भएको छ ।
दमक, विर्तामोड र गौरीगञ्ज १ मा बसोबास गर्दै आएका भुपू विद्यार्थीहरुबीच प्रतिनिधिमुलक छलफल पश्चात यहि फागुन ३ गते सो बृहत कार्यक्रमको आयोजना गरिने भएको हो । २०४८ सालदेखि माध्यमिक स्तरको पठनपाठन शुरु गरेको विद्यालयबाट हाल सम्म ५ हजार भन्दा बढी विद्यार्थीहरु पास आउट भएका अनुमान छ । भारतीय सीमा क्षेत्रमा अवस्थित सो विद्यालयमा भारतीयहरुले समेत अध्ययन गर्दै आएका थिए ।

कार्यक्रमको व्यवस्थापनमा खटिएका सो विद्यालयका भुपू विद्यार्थी भवानी काफ्लेले भुपू विद्यार्थीहरुबीचको परिचय आदनप्रदान गर्दै विद्यालयको शैक्षिक विकासमा सहयोग पुरयाउन भुपू विद्यार्थीहरुको साझा संस्था निर्माणको प्रस्ताव समेत कार्यक्रममा लगिने जानकारी दिनु भयो । भुपू विद्यार्थीहरुबीचको परिचय र अनुभाव आदनप्रदानका लागि यो कार्यक्रम महत्वपूर्ण हुने कार्यक्रमको व्यवस्थापनका लागि सक्रिय सोही विद्यालयका भुपू विद्यार्थी विर्तामोड निवासी सुवास मोक्तानले बताउनु भयो ।
भुपू विद्यार्थीहरुबाट समय समयमा विभिन्न समुह मार्फत विद्यालयमा कार्यक्रमहरु गर्नुका साथै छात्रवृत्ती प्रदान गर्ने, शैक्षिक सामाग्री, विद्यालय पोशाक आदि हस्तान्तरण गरिँदै आएकोमा अबदेखि साझा र संस्थागत रुपले त्यस किसिमका कार्यक्रमहरु सञ्चालन गर्न र समग्र शैक्षिक वातावरण निर्माणमा सहयोग गर्न सो कार्यक्रमको परिकल्पना गरिएको हो ।
सोही विद्यालयमा अध्ययन गरी हाल विर्तामोड बस्दै आउनु भएका कृष्ण पौडेलले आफूले ज्ञान आर्जन गरेको विद्यालयमा सहयोग गर्ने भुपू विद्यार्थीहरुको चाहना पूरा गर्न यस किसिमका कार्यक्रमले टेवा पुरयाउने विचार व्यक्त गर्नुभयो ।
विभिन्न ठाउँमा छरिएर रहेका भुपू विद्यार्थीहरुबीच कार्यक्रममा सहभागिताका लागि सम्पर्क गर्न विभिन्न व्यक्तिहरुलाई सम्पर्क व्यक्तिका रुपमा तोकिएको छ ।
कहाँ कहाँ को को ?
व्यवस्थापन सम्पर्क – भवानी काफ्ले – ९८४२६३००९६/९८१००५८३३०
राजु निरौला– ९८०४९९६८४६/÷९८६२६२७६६३
विद्यालयमा सम्पर्कका लागि– हरिकृष्ण तिम्सिना (९८१५९११९६३) हरि राजवंशी (९८०१४०५६९२)
विर्तामोड भद्रपुर, काँकरभिट्टा क्षेत्रका लागि सम्पर्क
सुवास मोक्तान ( ९८२५९५९८९८/ राजेन्द्र उप्रेती ९८२४९६३९९७)
(साविक महाभारा १, २, ३, ४ र ५ तथा कोरोबारी बैगुन्धुरा) क्षेत्रमा सम्पर्कका लागि
नगेन्द्र कुँवर ( ९८७९४९५३१)
साविक महाभारा ६, ७, ८ र ९ का लागि सम्पर्क भीम राजवंशी ९८०६००५९५३
झिलझिले, दुधे क्षेत्रमा सम्पर्कका लागि
गीता दाहाल (९८१६९७१५८४)