दमक/झापाको कमल ५ स्थित लखनपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको ८ औं बार्षिक साधारण सभाको अवसर पारेर विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको छ ।

संस्थाको कार्यालय परिसरमा कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेको प्रमुख आतिथ्यमा भएको साधारण सभामा संस्थाका पूर्व सञ्चालक समिति र लेखा समितिका पदाधिकारी र सदस्यहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा दमक खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष रोशन गौतम, कमल ५ का वडाध्यक्ष डम्बर निरौला, ६ का वडाध्यक्ष नरेन्द्र भट्टराईसहित विभिन्न वडाका जनप्रतिनिधि एवम् सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्य रहेको थियो ।

संस्थाकी अध्यक्ष उषा भण्डारीको अध्यक्षतामा भएको साधारण सभाको उद्घाटन सत्रमा लेखा समिति संयोजक धर्मानन्द भट्टराइले लेखा समिति र कोषाध्यक्ष उत्तम राईले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो भने सञ्चालन चन्द्रकला भण्डारीले गर्नुभएको थियो ।