दमक/झापाको दमकमा पहिलो पटक कम्प्युटर प्रविधिको प्रयोग गरी आँखाको शल्यक्रिया गरिएको छ ।
दमकको बेलडाँगी रोडमा करिब एक महिना अघिदेखि सञ्चालनमा आएको विर्ता ज्योती आई केयर अस्पतालमा सो प्रविधिबाट आज ( मंगलबार) एकै दिन तीन जनाको आँखाको शल्यक्रिया गरिएको हो ।


सो आइकेयर प्रालिका सञ्चालक समिति अध्यक्ष समेत रहनु भएका उपचारमा संलग्न चिकित्सक डा. राजेश प्रधानले दमकमा केहि बर्ष अघि हातले गरिने मोतिया विन्दुको अप्रेशन भएपनि कम्प्युटर प्रयोग गरि गरिने फेको प्रविधिबाट भने पहिलो पटक दमकमा मोतिा विन्दुको सफल अप्रेशन गरिएको दावी गर्नुभयो ।
उहाँका अनुसार यो विधिबाट गरिने अप्रेसनको घाउ चाँडो निको हुने र विश्वसनिय तथा परिपक्व हुनेछ । घाउ चाँडो निको हुने भएका कारण विरामीले अप्रेसन भएको केहि घण्टा भित्रैमा घर जान सक्ने बताइएको छ ।
मंगलबार पहिलो दिन गरिएको अप्रेसनका विरामीलाई शल्यक्रियासहित सबै सेवामा २० प्रतिशत छुट गरिएको पनि अस्पतालले जनाएको छ ।
सो सुविधा लिनेहरुमा पाँचथर सिक्तेम्बाकी ४८ बर्षिया भगवती राई, मोरङ मिक्लाजुङकी ८२ बर्षिया सुनमाया राई र दमक १ का विष्णु प्रसाद ताजपुरीया रहेका छन् । उहाँहरुको शल्यक्रियाका लागि डा. प्रधानको नेतृत्वमा व्रिसिका राई, कल्पना साह र इन्दिरा भेट्वालसहितको नर्सिङ टिम लागेको थियो । सामान्यतया त्यस किसिमको अप्रेसन १० मिनट भित्रमा सफल हुने गरेको अनुभव विज्ञहरुसंग रहेको छ ।

७०० ले लिए उपचार सेवा
यसैबीच सो अस्पताल सञ्चालनको छोटो अवधिमै ७ सय जनाले उपचार सेवा लिएका छन् । ७ सय मध्ये ३० जनाको मोतिया विन्दुको अप्रेसन आवश्यक भएकोले सोमबार सम्म आएका सबै विरामीलाई अप्रेसनका लागि विर्तामोड आँखा अस्पताल लगेर शल्यक्रिया गराइएको सञ्चालक भरत सापकोटाले जानकारी दिनु भयो । उहाँले भन्नु भयो –हिजो सम्म विर्तामोड पठाएका थियौं , आजदेखि अप्रेसनका लागि विर्तामोड जानुपर्ने बाध्यता हटेको छ ।
भरपर्दो र विश्वसनिय ढंगबाट उच्चतम प्रविधिको प्रयोग गरि दमकमै आँखाको शल्यक्रियासहितको उपचार शुरु भएकाले अब यस क्षेत्रका सर्वसाधारण लाभान्वित हुने अस्पतालको विश्वास छ ।

Facebook Comments Box