इटहरी/ सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ८ सोनीयाई टोलमा मोटरसाईकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको स ३ प ७०१२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा मोटरसाईकल चालक स्थानीय ४५ बर्षीय शिवनारायाण यादव र उनकी श्रीमती ४० बर्षीय सबिता देवी यादव घाईते भएका थिए ।
घाईते दुबै जनालाई उपचारका लागि बिराटनगरको न्यूरो अस्पताल पठाईएकोमा उपचारको क्रममा सबिता देवी यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।