विर्तामोड/ विर्तामोड ४ स्थित विराट अर्जुन उपभोक्ता सहकारी संस्थाले आज बिहिबार आयोजना गरेको रक्तदानमा १२० जनाले रगत दिएका छन् ।

सो संस्थाले विर्तामोडस्थित मुक्ति चोकमा आयोजना गरेको खुल्ला रक्तदानमा संस्थाका सदस्यहरुका अतिरिक्त इच्छुक रक्तदाताहरुले रगत दिएका हुन् ।
नेपाल रेडक्रस सोसाइटी विर्तामोडको प्राविधिक सहयोगमा भएको सो कार्यक्रममा झापा क्षेत्र नं २ की संघीय संसद सदस्य पवित्रा खरेलको प्रमुख आतिथ्य र संस्थाका अध्यक्ष नविन खरेलको अध्यक्षतामा भएको रक्तदानमा नेपाल रेडक्रस सोसाइटी झापा शाखाका सभापति लोकराज ढकाल, सहकारी अभियान्ताहरु लगायतको आतिथ्य रहेको थियो । 

सो अवसरमा ५० औं पटक भन्दा धेरै पटक रक्तदान गर्ने रक्तदाताहरुलाई सम्मान समेत गरिएको थियो ।