काठमाडौं/मिर्गौला प्रत्यारोपणको पूर्व तयारी स्वरुप मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला डायलोसिस गरिएको छ ।

सोमबार महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना हुनुभएका प्रधानमन्त्री ओलीको मंगलबार आज मिर्गौलाको ‘डायलासिस’ गरिएको हो । उहाँको शरीरमा क्रियाटिनको मात्रा बढी देखिएपछि प्रत्यारोपणअघि डायलासिस गरिएको हो । शरीरमा क्रियाटिनको मात्रा बढे त्यसले विभिन्न अंगमा असर र्पुयाउने हुँदा रगतमा क्रियाटिनको स्तर कम गराउन डायलासिस गरिएको चिकित्सकहरु बताउँछन् ।
त्रिवि शिक्षण अस्पतालका डा. प्रेम ज्ञवालीको टोलीले प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण गर्दैछ । बुधबार मिर्गौला प्रत्यारोपण गरिने तय गरिएको छ ।