दमक/झापाको दमकमा अपाङगता भएकाहरुका लागि गरपालिकालेनै पहिलो पटक यस बर्षदेखि अपाङगता परिचय पत्र जारी गरिरहेको छ । केहि दिन अघिदेखि शुरु भएको परिचय पत्र वितरण वडा वडामा भईरहेको छ ।

सोही अन्तर्गत दमक – ५ स्थित वडा कार्यालयमा शनिबार अपाङ्गता परिचय पत्र वितरण गरिएको छ । सो संगै पहिलेनै सो परिचय पत्र पाईसकेका वडाबासीको परिचय पत्र नविकरण समेत वडा कार्यालयबाटै भईरहेको वडा सचिव भोसकुमार थुलुङले जानकारी दिए । वडाध्यक्ष इन्द्र गुरुङले परिचय पत्र वितरणको शुभारम्भ गरेका थिए ।

परिचय पत्र लिन छुटेका अपाङगता भएकाहरुले भोली ( सोमबार) समेत दमक नगरपालिका कार्यालय तथा वडा कार्यालयमा सम्पर्क गर्न सक्ने वडा कार्यालयले जनाएको छ ।

यस अघि अपाङगता भएकाहरुलाई जिल्लास्थित महिला तथा बालबालिका कार्यालयले जारी गर्ने गरेको थियो ।

Facebook Comments Box