दमक/हुलाकी राजमार्ग निर्माणमा प्रयोग भइरहेका ६ वटा गाडीमा अज्ञात समुहले आगजनी गरेको छ ।

शर्मा एण्ड कम्पनीका ६ ओटा गाडीमा अज्ञात समूहले आगजनी गरेको हो । हुलाकी मार्ग निर्माण स्थल वरपरका स्थानीयलाई मुआब्जा नदिइ जबरजस्ती काम सुरु गरेको आरोप लगाउँदै घटनास्थलमा विप्लव नेतृत्वको नेकपाले पर्चा फ्याँकेको भेटिएको छ ।
कपिलवस्तुको विजयनगर गाउँपालिका राजमार्ग अन्तर्गत लोहारौलाको सडक निर्माण गरिरहेको २ वटा एक्स्काभेटर, २ वटा ब्याक हो लोडर र २ वटा पिक अपमा आगजनी भएको हो ।

कार्यालयमा रहेका कर्मचारीको कोठामा बाहिरबाट चुकुल लगाइदिएर गाडीमा आगजनी गरेको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।
शिवराज नगरपालिका ९ तुरुन्तपुरमा पनि निर्माणाधीन सडक किनारमा राखिएको स्काभेटरमा आगजनी भएको प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए ।
घटनास्थलमा नेपाल कम्युनिष्ट पार्टी कपिलवस्तु लेखिएको पर्चा भेटिएकोे प्रहरी नायब उपरीक्षक मल्लले बताए । कम्पनीले रुपन्देही जिल्लामा यसअघि गरेका काममा गुणस्तर नभएको तथा कम्पनीका सञ्चालक र कर्मचारीले पार्टीको सुराकी गरेको पर्चामा उल्लेख छ ।

Facebook Comments Box