दमक/ दमक नगरपालिका वडा नं स्थित ३ मावाखोला पुलबाट कटुवा पेस्तोल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । मावा खोला पुल आसपास हिंडिरहेको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले मिक्लाजुङ गाउँपालिका ९ का ४४ बर्षीय मेघराज गौतमलाई पक्राउ गरेको हो ।
उनको साथबाट एक थान कटुवा पेस्तोल, सोही पेस्तोलको गोली १ थान र खाली खोका २ थान सहित पक्राउ गरिएको प्रहरीको भनाई छ । सो सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।