दमक/  जापानमा ब्लड क्यान्सरका कारण उपचाररत झापा दमक ८ का एक युवाको उपचारका लागि सो वडामा रहेको मनकामना टोल विकास संस्थाले १३ हजार ६ सय ६५ रुपैयाँ नगद सहयोग प्रदान गरेको छ ।


सो टोलका टोलबासीहरुले संकलन गरेको सहयोग रकम विरामी उत्तम नेपालका बुबा वेदु नेपाललाई आज हस्तान्तरण गरिएको हो । अध्यनको सिलसिलामा जापानमै रहेको समयमा केहि महिना अघिदेखि नेपाललाई क्यान्सर लागेको प्रमाणित भएकाले उनको स्वास्थ्य लाभको कामना गर्दै सो सहयोग रकम हस्तान्तरण गरिएको संस्थाका सचिव हेमराज सुवेदीले जानकारी दिनु भयो ।

सहयोग रकम टोल विकास संस्थाका अध्यक्ष हरिप्रसाद नेउपाने, सचिव सुवेदी लगायतले हस्तान्तरण गर्नुभएको थियो ।

Facebook Comments Box