इलाम / इलामको देउमाई नगरपालिका–४ बुधबारेमा रहेको एक डेरी उद्योगमा आगलागी हुँदा ७० लाखभन्दा बढीको क्षति भएको छ । स्थानीय अशेष बुढाथोकीको गजुरमुखी दर्शन डेरी उद्योगमा आगलागी हुँदा दुध पेल्ने मेसिन, घ्यु र छुर्पीलगायतका सामान जलेर नष्ट भएका हुन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । उद्योगका प्रोप्राइटर जिल्लाबाहिर रहेकाले क्षतिबारे यथार्थ विवरण आउन बाँकी रहेको छ ।
वडाध्यक्ष राजेन्द्र बाँस्तोलाले दिउँसो ३ बजेदेखि आगलागी सुरु भएको बताउनुभयो । डेरी उद्योगमा लागेको आगो नियन्त्रणमा आइसकेको छ । प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएको स्थानीय प्रकाश खनालले बताउनुभयो ।
नगरपालिकाको दमकल नहुँदा इलाम नगरपालिकाको दमकल पठाइएको थियो । नगरपालिकाले दमकल खरिद गर्नुपर्ने स्थानीय खनालको माग छ ।

Facebook Comments Box