दमक/ सामाजिक क्षेत्रमा क्रियाशील रोटरी क्लब दमकले आज स्वास्थ्य र वातावरण सम्बन्धि जनचेतनामुलक कार्यक्रम गरेको छ ।
क्लबले पछिल्लो समय विश्वमा फैलिइरेहको कोरोना भाइरसको संक्रमणबाट बच्न व्यक्तिगत सरसफाईमा ध्यान दिनुका साथै वातावरण स्वस्थ्य राख्ने बिषयमा सचेतनामुलक कार्यक्रम गरेको हो । सो अवसरमा प्रदुषित वातावरणबाट जोगिन अनिवार्य माक्सको प्रयोग गर्नुपर्नेमा जोड दिदैं माक्स वितरण गरेको रोटरी क्लब दमकका सचिव झलराज गौतम ( राजु) ले जानकारी दिनु भयो ।
क्लबका अध्यक्ष सन्दिप चापागाईंको अध्यक्षता र दमक नगरपालिकाका सरसफाई तथा वातावरण समिति संयोजक समेत रहनुभएका दमक ६ का वडाध्यक्ष टेक बहादुर थापाको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा नियमित रुपमा भक्का व्यवसाय गर्दै आएका भक्का व्यवसायी महिलाहरुलाई उपभोक्तालाई भक्का दिदाँ पत्रिका (कागज) को सट्टा पेपर क्यापको प्रयोग गर्न सचेत गराइएको थियो । व्यवसायीहरुलाई पेपर क्याप, माक्स पन्जा , प्लेट बितरण गरिएको थियो ।