दमक/कोरोना भाइरस कोभिड १९ को संक्रमण आज बुधबार बिहान १० बजे सम्ममा विश्वका १६५ देशमा फैलिएको छ । यो समाचार तयार पार्दासम्म विश्वभरमा कोरोना भाइरसको संक्रमण १ लाख ९८ हजार ५ सय १७ जनामा देखिएको छ ।
भाइरसका कारण ७ हजार ९ सय ८८ जनाको मृत्यु भइसकेको छ । यस्तै ८२ हजार ७ सय ६३ जना उपचारपछि निको भएका छन् । अष्ट्रेलियामा ८४ जना नयाँ संक्रमित बिरामी फेला परेका छन् । कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु भएको अष्ट्रेलियन सरकारले जनाएको छ । भारतमा ४ जना नयाँ संक्रमित बिरामी फेला परेका छन् । अमेरिकामा ९८ जना नयाँ संक्रमित बिरामी फेला परेका छन् । अमेरिकामा थप ६ जनाको मृत्यु भएको छ । जापानमा ४ जना नयाँ संक्रमित बिरामी फेला परेका छन् ।