गौरीगञ्ज/गौरीगञ्ज गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयमा अध्ययनरत किशोरी विद्यार्थीहरुलाई किशोरावस्थामा हुने शारिरिक परिवर्तनका बिषयमा सचेतनामुलक प्रशिक्षण सञ्चालन गर्नुका साथै सेनेटरी प्याड वितरण गर्न शुरु गरिएको छ ।
लैङिगक समानता तथा सामाजिक समावेशीकरणको बालबालिका लक्षित कार्यक्रम अन्तर्गत गौरीगञ्ज गाउँपालिकाले ४ वटा माविका विद्यार्थीहरु सो कार्यक्रममा सहभागी हुँदैछन् ।
गौरीगञ्ज मावि, खजुरगाछी मावि, आदर्श मावि कोरोबारी र बालकल्याण मावि महाभाराका किशोरी विद्यार्थीहरुलाई सेनेटरी प्याड वितरण गरिने गाउँपालिकाले जनाएको छ । गौरीगञ्ज माविमा हिजो भएको कार्यक्रममा विद्याथीहरुलाई किशोरी अवस्थामा हुने शारीरिक परिवर्तन तथा महनिावारी भएको समयमा त्यसको व्यवस्थापनबारे गौरीगञ्ज प्राथमिक स्वास्थ्य केन्द्रकी प्रमुख डा. विद्या पोख्रेलले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा सो माविको कक्षा ८ देखि १० सम्म अध्ययनरत ६० जना कक्षा किशोरीहरु सहभागी भएका कार्यक्रमका संयोजक टिका गुरागाइँले जानकारी दिनु भयो ।
कार्यक्रममा गौरीगञ्ज शिक्षा शाखा प्रमुख केशव भट्टराई, गौरीगञ्ज माविका प्रधानाध्यापक गोविन्द घिमिरेको विशेष उपस्थिती रहेको थियो ।