झापा/मेचीनगरकी कृष्टिना ताम्राकार इकम मिस एसईई प्रदेश १ को ताज पहिरिन सफल भएकी छिन् ।
मिस एसईई प्रदेश १ को विजेता ताम्राकारले नगद ५० हजार सहित कक्षा १२ सम्मको शिक्षा निशुल्क अध्धययन गर्न पाउने छिन् ।
यस्तै फष्ट रनर अप बिर्तामोडकी प्रिसा खरेल र सेकेण्ड रनरअप बिर्तामोडकै अनुमा राईले जितेकी छन् । फस्ट रनर अप र सेकेण्ड रनर अपले क्रमश ३० र १५ हजार नगद सहित कक्षा १२ सम्म निशुल्क अध्ययनका लागि छात्रबृत्ति पाएका छन् ।
ड्रिम्स वल्र्ड इन्टरटेन्टमेन्टले आयोजना गरेको उक्त व्यूटि कन्टेष्टमा दुई दर्जनभन्दा बढि सहभागी भएको प्रवन्ध निर्देशक प्रणित पुडासैनीले जानकारी दिए । सो कन्टेष्टको अन्तिम स्पर्धा हिजो सोमबार बिर्तामोडमा भएको थियो ।