दमक/ झापामा संक्रमितको संख्या १५३ पुगेको छ । आज झापाको गौरादह ९ बैगुनधुराकी २२ बर्षिया एक महिलासहित जिल्लामा थप पाँच जना कोरोना संक्रमित भेटिएसंगै जिल्लामा संक्रमितको संख्या १५३ पुगेको हो ।
पछिल्लो समय गौरादह नगरपालिकाको जनता माविको क्वारिन्टीनमा रहेकी महिलासहित मेचीनगरक १ र कनकाईका ३ जनामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जिल्लामा सबैभन्दा धेरै संक्रमित भएको स्थानीय तह कचनकवल हो । जहाँ ११२ जना संक्रमित छन् ।
कचनकवल पछि बढी संक्रमति भेटिएको स्थानीय तह गौरीगञ्ज हो । गौरीगञ्जमा हाल सम्म १२ जनामा संक्रमण देखिएको छ । ति बाहेक दमकमा १, बाह्रदशीमा ४, गौरादहमा ४, कमलमा १, अर्जुनधारामा २, भद्रपुरमा ४ जना, झापा गापामा १, मेचीनगरमा २, बुद्धशान्तिमा ५, कनकाईमा ३ र हल्दिवारीमा २ जनामा संक्रमण देखिएको छ ।