दमक/ नेपालमा कोरोना संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको छ । सोमबार एकैदिन ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । थपिएकामा ३५ जना महिला छन् ।

यि मध्ये झापाका एक जना र मोरङका एक जना छन् । हाल कोरोना भाईरस परिक्षणका लागि अपनाइँदै आएको पीसिआर विधीको प्रयोग गर्ने प्रयोगशाला एउटा थपिएको पनि मन्त्रालयले जनाएको छ । पोखरामा त्यस्तो प्रयोगशाला थपिएको हो । यससंगै नेपालमा कूल २२ वटा प्रयोगशालामा कोरोना परिक्षण शुरु भएको छ ।