दमक/  झापाको कमल ५ पाडाजुँगीस्थित चन्द्रदर्शन बचत तथा ऋण सहकारी संस्था १० औं बर्षमा प्रवेश गरेको छ ।

दश बर्ष अघि स्थानीय शेर बहादुर श्रेठको नेतृत्वमा स्थानीय युवा व्यवसायीहरुले स –सानो पुँजीलाई एकीकृत गर्दै शुरु गरेको संस्थाको बचत तथा ऋण कार्यक्रमलाई विस्तार गर्दै आएको छ ।
संस्थामा हाल २ करो ९८ लाख रुपैयाँ शेयर पुँजी पुगेको छ भने कूल कारोबार २३ करोड ९२ लाख रुपैयाँ बराबरको रहेको संस्थाका व्यवस्थापक राजु थापाले जानकारी दिनु भयो । संस्थाले बचत तथा ऋणका कार्यक्रमहरुका अतिरिक्त रक्तदान, विपन्न तथा असहायहरुलाई सहयोग, अपाङगता भएकाहरुलाई ह्वीलचेयर प्रदान गर्ने, शैक्षिक सामाग्री वितरण गर्ने जस्ता सामाजिक कामहरु पनि गर्दै आएको संस्थाले जनाएको छ ।
सहकारीले स्थानीय तह तथा अन्य सहकारीहरुसंगको समन्यवमा उत्पादनमुलक कृषि क्षेत्रमा लगानी गर्ने नीति लिएको जनाइएको छ । सो संस्थाले आफ्नै कार्यालय भवनबाट केही बर्षयता नियमित रुपमा कारोबार सञ्चालन गर्दै आएको छ । संस्था स्थापना दिवसको अवसरमा संस्थाका अध्यक्ष बालकृष्ण गौतमले सम्पूर्ण शेयर सदस्य, कर्मचारी, सहयोगी शुभेच्छुक, संस्थाका विभिन्न उपसमितिहरुमा धन्यवाद ज्ञापन गर्नुभएको छ ।
रक्तदान
कोरोना संक्रमणका बाबजुद सो संस्थाले आज सामाजिक दुरी कायम राख्दै रक्तदान कार्यक्रम गरेको छ । सोसाइटी उपशाखा दमकको रक्तसञ्चार शाखाको सहयोगमा सो केन्द्रमा नै पुगेर गरिएको रक्तदानमा संस्थाका संस्थापक अध्यक्ष शेरबहादुर श्रेष्ठ, अध्यक्ष बालकृष्ण गौतम, सचिव भोजकुमार राई, व्यवस्थापक राजु थापासहित कूल १३ जनाले रक्तदान गरेका कोषाध्यक्ष रोशन दाहालले जानकारी दिनु भयो ।

Facebook Comments Box