दमक/झापाको कमल ५ स्थित लखनपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले उपभोक्ताहरुलाई वितरण गरिरहेको खानेपानीका बिषयमा स्पष्टोक्ति दिएको छ ।
समितिले आज कार्यालयमा पत्रकार भेटघाट गरी केहि दिन यता लखनपुरको खानेपानीमा लेदो आएको भनि केहि उपभोक्ताहरुको हवाला दिदैं सार्वजनिक भईरहेका अनलाईन , इलोक्ट्रोनिक्स र छापा माध्यमहरुमा हुवहु समाचारले उपभोक्ता समितिलाई दुखित बनाएको पनि जनाएको छ ।
समितिकी अध्यक्ष उषा भण्डारीले ति समाचारहरुमा हवाला दिईएका प्रतिनिधि पात्रहरुले समेत खानेपानीमा क्षणिक रुपमा कहिल्येकंहि धमिलो पानी आएको प्रसंगलाई चर्को बनाइएको भन्दै असन्तुष्टि जनाइन् ।

खानेपानी उपभोक्ता महासंघ झापाकी उपाध्यक्ष समेत रहेकी भण्डारीले जिल्लाका करिब १८० वटै खानेपानी संस्थाहरुको साझा समस्याका रुपमा केहि समस्याहरु भने रहेको बताइन् । उनले भनिन– लखनपुरमा मात्रै होइन जिल्लाभर जहाँ पनि अहिले साविकका सडकहरु विस्तार गर्ने क्रममा खानेपानीका पाइप फुट्ने समस्या साझा समस्याका रुपमा देखिएको छ ।

आफूहरुले लखनपुर खानेपानीको क्षेत्रका जनप्रतिनिधि एवम् उपभोक्ताहरुसंग टोल टोलमा सो समस्याका बिषयमा छलफल गरिरहेको पनि जनाइन् ।  लखनपुरको खानेपानीमा भने स्थापनाकालमै केहि समय अप्रशोधित पानी वितरण भएको र सो समयमा पाइपमा जम्मा भएको आइरन ( खिया) केहि समय पानी बन्द भएर पुन सुचारु हुँदा कतै कतै क्षणिक रुपमा उपभोक्ताका धारामा देखिने, मर्मत सम्भारको काम भईरहेको समयमा छिटफुट समस्या आउने गरेको पनि बताइन् ।

खानेपानीको सहज वितरण तथा उपलब्धताका लागि नेतृत्वले कुनै पनि कसर बाँकी नराखी विभिन्न निकाय तथा सरोकारवालाहरुसंग छलफल गरिरहेको समितिका सदस्य प्रमोद दाहालले बताए । उनले कमल ६ मा निर्माणाधिन खानेपानीको दोश्रो चरणको योजना केहि दिनमै सूचारु हुने क्रममा रहेको र सो पछि लखनपुरमा देखिएको खानेपानीको समस्या धेरै हद सम्म समाधान भएर जाने बताए ।

Facebook Comments Box