दमक/  नेपालमा कोरोना परिक्षणका लागि स्वाव संकलनको गति सुस्त भएसंगै संक्रमण पुष्टि हुने क्रममा कमी आएको छ । पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ८२ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।
आज थपिएका ८२ सहित नेपालमा संक्रमितको संख्या १६ हजार ८ सय १ पुगेको छ । अहिले सम्म कुल संक्रमितमध्ये ३८ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म देशका सबै जिल्लामा संक्रमण देखिएको छ ।
किन घट्दैछ ?
सरकारले पछिल्लो पटक ल्याएको मापदण्डमा आरडिटी पोजेटिभ देखिएका, लक्षण देखिएका शङ्कास्पद व्यक्ति र कन्ट्याक्ट ट्रेसिङका क्रममा सङ्क्रमितको सम्पर्कमा आएकाको मात्र नमूना सङ्कलन गर्नुपर्ने भएकाले स्वाबको नमुना सङ्कलनमा कमी आएको र त्यसैको परिणाम स्वरुप कोरोना संक्रमितको संख्या पनि कम पुष्टि हुने गरेको हो ।

Facebook Comments Box