दमक/ कमल ५ का ३४ बर्षिय एक युवामा कोराना संक्रमण देखिएको छ । असार २७ गते साउदीबाट घर फर्किएर सहिद धर्मभक्त मा.वि मा राखिएको क्वारेन्टीनमा बस्दै आएका उनमा संक्रमण देखिएको हो ।
उनीसंगै कमल गाउँपालिकाबाट २६ जनाको स्वाब संकलन गरि पिसिएआर परिक्षणका लागी पठाइएको कमल गाउँपालिका स्वास्थ्य शाखा संयोजन बावुराम थुलुङले जानकारी दिनुभयो । साथै रिपोर्ट नेगेटिभ देखिएका मध्ये १७ जनालाई क्वारेन्टाइनबाट बिदा गरिएको छ भने संक्रमित संग नजिक रहेका बाँकीको पुनः कोरोना परिक्षणका लागि स्वाब संकलन गरिएको छ । यस अघि भारतबाट आएका कमल १ का एक युवकमा कोरोना संक्रमण देखिएको थियो ।