दमक/ झापाको बाह्रदशी गाउँपालिकामा स्थानीय दुई जना पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
नेकपाका स्थानीय नेता र अर्का एक जना औषधि व्यवसायी रहेका छन् ।
बाह्रदशीमा पहिलो पटक स्थानीय समुदायमा संक्रमण देखिएको हो । संक्रमित दुबै जनालाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लागिएको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए । योसँगै झापामा संक्रमितको संख्या ३ सय ४८ पुगेको छ ।